दाङका तीन क्षेत्रमा ४३ राजनीतिक दल र १९ जना स्वतन्त्र गरी ६२ जनाको उम्मेदवारी परेको थियो ।
दाङ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ–३ बाट उम्मेदवारी दिएका दुई जनाले फिर्ता लिएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका घनश्याम डाँगी र स्वतन्त्र उम्मेदवार गोपाल वलीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन्।
दाङ–३ बाट २५ जनाले मनोनयन दर्ता गराएकामा अब २३ उम्मेदवार कायम भएका छन्। क्षेत्र नं. १ र २ बाट कसैले उम्मेदवारी फिर्ता नलिएको प्रदेश निर्वाचन कार्यालय घोराहीका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । दाङका तीन क्षेत्रमा ४३ राजनीतिक दल र १९ जना स्वतन्त्र गरी ६२ जनाको उम्मेदवारी परेको थियो ।
