क्षेत्र नम्बर १ बाट १ र क्षेत्र २ बाट २ जनाले फिर्ता लिएका हुन्।
बर्दिया — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि बर्दिया २ वटै क्षेत्रबाट तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नम्बर १ मा १ र क्षेत्र २ मा दुई जनाले फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्ता लिनेमा क्षेत्र नम्बर १ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका राजु रानाभाट रहेको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए । यस क्षेत्रमा २१ जना उम्मेदवार चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन्।
क्षेत्र २ मा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेत्र आचार्य र स्वतन्त्र उम्मेदवार नुतुनकुमार चौधरीले फिर्ता लिएको क्षेत्र नम्बर २ का सहायक मतदान अधिकृत विष्णुचन्द्र नेपालीले बताए।
आम जनता पार्टीका रामेश्वर चौधरीको कालोसूचीमा कर्जा सम्बन्धी मुद्दा भएकोले उम्मेदवारी खारेज गरिएको उनले जनाए ।
क्षेत्र नम्बर १ मा २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये ३ स्वतन्त्र र ३ महिला रहेका छन् । क्षेत्र नम्बर २ मा १५ जना उम्मेदवार चुनावमा सहभागी हुने छन् । यस क्षेत्रमा २ महिलासहित १५ जनाबीच चुनावी प्रतिस्पर्धा हुने छ ।
