प्रतिनिधिसभा निर्वाचन: पाल्पामा अधिकांश युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पाका दुवै क्षेत्रमा ३३ देखि ६० वर्षभित्रका उम्मेदवार धेरै छन्।

माघ ८, २०८२

माधव अर्याल

House of Representatives election: Most young candidates in Palpa

What you should know

पाल्पा — दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा अधिकांश दलले युवालाई उम्मेदवार बनाएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३३ देखि ६० वर्षभित्रका उम्मेदवार धेरै छन्। 

क्षेत्र नम्बर १ बाट नेकपा माओवादीबाट उम्मेदवार बनेका ३३ वर्षीय पुरन गैहृे शर्मा छन् । क्षेत्र १ मै स्वतन्त्र उम्मेदवार कोशल अर्याल ३५ वर्षका छन् । कांग्रेसबाट क्षेत्र १ मा उम्मेदवार बनेका सन्दीप राना ३८ वर्षका हुन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्र १ का उम्मेदवार विमल पन्त ३९ वर्ष पुगे । 

गैहृे शर्मा, अर्याल, पन्त मतदाताबीच नयाँ अनुहार हुन् भने राना यसअघिको निर्वाचनमा समानुपातिक उम्मेदवार थिए ।  

क्षेत्र १ मा मंगोल नेसनल अर्गनाइजेसनबाट भलन चिदी मगर र क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएका केशवप्रसाद बस्याल ३९ वर्षका हुन् । सोही क्षेत्रमा नेशनल रिपब्लिक नेपालबाट उम्मेदवार बनेका थमनसिं रेश्मी मगर, राष्ट्रिय जनमोर्चाका बालबहादुर दर्लामी र क्षेत्र २ बाट नेकपा माओवादीबाट उम्मेदवार भएका विष्णु ठडराई (सार्की) पनि ४० वर्षका हुन् ।

क्षेत्र २ बाट सार्वभौम नागरिक पार्टीबाट उम्मेदवार बनेका राम बहादुर अस्लामी ४४ वर्षका छन् भने कांग्रेसबाट क्षेत्र २ मा उम्मेदवार हिमालदत्त श्रेष्ठ ४५ वर्षका भए । क्षेत्र २ कै राष्ट्रिय स्वतन्त्र पार्टीका माधव बहादुर थापा, क्षेत्र १ मा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार नरमती सिंजाली र क्षेत्र १ कै स्वतन्त्र उम्मेदवार युद्धबहादुर विरकट्टा पनि ४५ वर्षका छन् । 

क्षेत्र २ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार बोधराज ४८ वर्षका भए भने यही क्षेक्रबाट राष्ट्रिय जनमुत्ति पार्टीबाट उम्मेदवार बनेका टोपबहादुर अस्लामी ४९ वर्षका हुन् । 

क्षेत्र १ मै नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका हुमबहादुर सुनारी ५४ वर्षका हुन् । क्षेत्र १ बाट राप्रपा उम्मेदवार बृहस्पति अर्याल ५५ वर्षका हुन् भने एमालेबाट क्षेत्र १ का उम्मेदवार नारायण प्रसाद आचार्य ५६ वर्षका भए । आचार्य यसअघि २०७४ मा लुम्बिनी प्रदेशसभा र २०७९ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए।

क्षेत्र २ मा मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेदवार बनेका मानबहादुर दर्लामी ५६ वर्षका हुन्। एमालेबाट क्षेत्र २ मा उम्मेदवार बनेका ठाकुर प्रसाद गैरे ५७ वर्षका भए । गैरे २०७९ मासमेत उम्मेदवार थिए। 

क्षेत्र २ मा नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार भएका कृष्ण शोभा मुस्याख्व, क्षेत्र २ कै जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका खिकबहादुर रेश्मी मगर, क्षेत्र २ कै स्वतन्त्र उम्मेदवार मोहन कुँवर थापा मगर र क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दिएका बाछा दली मिया ५८ वर्षका हुन् । क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका देवीप्रसाद भण्डारी ६० वर्षका भए भने नेशनल रिपब्लिक नेपालबाट उम्मेदवार बनेका देव प्रसाद श्रेष्ठ ६१ वर्षका भए। 

राप्रपा क्षेत्र २ का उम्मेदवार डुलबहादुर कुँवर र क्षेत्र १ का स्वतन्त्र उम्मेदवार डिल्लीराज काफ्ले ६२ वर्षका हुन्। नेपाली कम्युनिष्ट पार्टीका क्षेत्र २ का उम्मेदवार सोमप्रसाद पाण्डेय ७० वर्षका भए। पाण्डेय २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ को प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी २०६४ र २०७९ को निर्वाचनमा पराजित भएका थिए भने बाँकी निर्वाचनमा जित हासिल गरेका थिए। 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully