जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्र मल्लका अनुसार चितुवाको आक्रमणबाट ५५ वर्षीया छिद्नी थारूको मृत्यु भएको हो ।
बर्दिया — बारबर्दिया नगरपालिका-११ बेलभारमा तोरी उखाल्ने बेला बुधबार बेलुकी चितुवाले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्र मल्लका अनुसार चितुवाको आक्रमणबाट ५५ वर्षीया छिद्नी थारूको मृत्यु भएको हो । सख्त घाइते थारुको उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको डीएसपी मल्लले जनाए ।
