कपिलवस्तुमा कुनै उम्मेदवारका विरुद्ध पनि परेन उजुरी

बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने समयतालिका रहे पनि कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अनन्तराज मरासिनीले बताए ।

माघ ७, २०८२

मनोज पौडेल

No complaint has been filed against any candidate in Kapilvastu.

कपिलवस्तु — जिल्लामा मंगलबार उम्मेदवारी दर्ता गरेका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन । बुधबार उम्मेदवारका विरुद्धमा उजुरी गर्ने समयसीमा तोकिएको हो ।

बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने समयतालिका रहे पनि कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अनन्तराज मरासिनीले बताए । 

जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा ९८ जना उम्मेदवारले मंगलबार मनोनय दर्ता गरेका थिए । क्षेत्र नं १ मा दलबाट २० जना र १४ जनाले स्वतन्त्र गरी ३४ जनाले मनोनय दर्ता गरेका थिए भने क्षेत्र नं २ मा दलबाट १७ र ११ जना स्वतन्त्र गरी २८ जनाको उम्मेदवारी दर्ता भएको थियो । क्षेत्र नं ३ बाट दलका १३ र २३ जना स्वतन्त्र गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully