एमालेबाट  दाङ-१ मा रेवतीरमण शर्मा उम्मेदवार

शर्मा २०७४ मा दाङ क्षेत्र नम्बर १ (२) बाट लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

माघ ६, २०८२

दुर्गालाल केसी

Rewathiraman Sharma is the candidate from Dang-1 from UML.

दाङ — एमालेले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. १ बाट रेवतीरमण शर्मालाई उम्मेदवार बनाएको छ ।

शर्मा २०७४ मा दाङ क्षेत्र नम्बर १ (२) बाट लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी २०५९ देखि २०६२ सालसम्म एमालेको जिल्ला सचिव थिए ।

यस क्षेत्रमा कांग्रेसबाट योगेन्द्र चौधरी, नेपाली कम्युनिष्ट पार्टीबाट मेटमणी चौधरी र स्वतन्त्र पार्टीबाट देवराज पाठक उम्मेद्वार भएका छन् ।

लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता कुलप्रसाद केसीले पनि स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully