गुल्मी–१ का तीन प्रतिस्पर्धी भेट भएपछि खुसी साटासाट

प्रतिस्पर्धी नेपाली कांग्रेसबाट चन्द्र भण्डारी, नेकपा एमालेबाट प्रदीप ज्ञवाली र नेपाली कम्युनिस्ट पार्टीबाट सुदर्शन बरालले मनोनयनस्थलमा भेट भएपछि खुसी साटासाट गरेका हुन्।

माघ ६, २०८२

सन्तोष महतारा

Happy exchange after three rivals from Gulmi-1 meet

गुल्मी — गुल्मी–१ का तीन प्रतिस्पर्धी भेट भएपछि खुसी साटासाट गरेका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसबाट चन्द्र भण्डारी, नेकपा एमालेबाट प्रदीप ज्ञवाली र नेपाली कम्युनिस्ट पार्टीबाट सुदर्शन बरालले उम्मेदवारी मनोनयनस्थलमा भेट भएपछि खुसी साटासाट गरेका हुन्।

कांग्रेसका भण्डारी मनोनयन दर्ता गरेर निस्कँदै गर्दा ज्ञवाली र बराल मनोनयनका लागि प्रतीक्षा गरिरहेको समयमा उनीहरूको भेट भएको हो। यस क्रममा भण्डारीले भने, ‘हाम्रो एकदमै राम्रो कल्चर छ, यो अरूले पनि सिक्नुपर्छ र हामीले सबैलाई सन्देश दिइरहेका छौं ।’ लगत्तै ज्ञवालीले भने, ‘हामीले स्वस्थ प्रतिस्पर्धा गर्ने हो, अन्यत्र जस्तो हाम्रो छैन।’ उनीहरू हाँसेर एकआपसमा खुसी साट्दै कुराकानीसमेत गरेका थिए।

यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकालले पनि मनोनयन गर्दैछन्। गुल्मी–१ मा १ लाख २२ हजार १ सय ८६ जना मतदाता छन्।

सन्तोष

Link copied successfully