बाँकेका तीनै क्षेत्रमा नेकपाबाट नयाँ अनुहार

नेकपाले बाँकेका तीन वटै क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाउँदै तीन वटै क्षेत्रमा युवालाई अघि सारेको हो।

माघ ५, २०८२

रुपा गहतराज

New faces from NCP in all three areas of Banke

नेपालगन्ज — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका लागि नयाँ अनुहारलाई उम्मेदवारका लागि अघि सारेको छ।

नेकपाले बाँकेका तीन वटै क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाउँदै तीन वटै क्षेत्रमा युवालाई अघि सारेको हो।

नेकपाले बाँके क्षेत्र नम्बर १ का लागि नरेन्द्र पाण्डे जेम्स, क्षेत्र नम्बर २ का लागि दीपेन्द्र विष्ट र क्षेत्र नम्बर ३ का लागि दीपक जिएमलाई उम्मेदवार बनाएको छ। नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए।

उनका अनुसार तीनै जना उम्मेदवारलाई नेकपाका संयोजक पुष्पकमल दाहालले टिकट प्रदान गरेका हुन्।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully