२०७४ मा प्रदेशसभा १ मा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका भुसाल ०७९ मा रास्वपाबाट प्रतिनिधिसभा सदस्य उठेका थिए।
अर्घाखाँची — राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार भएका छन्।
२०७४ मा उनी प्रदेशसभा १ मा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए। विवेकशील छाडेर स्वतन्त्र बनेका भुसाल ०७९ मा रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवार थिए। यसपाली रास्वपाले पुनः उनलाई टिकट दिएको हो।
उम्मेदवारका आकांक्षी धेरै जना भएपछि अन्तिमसम्म दिनेशमणि घिमिरे र भुसाल मध्ये कसलाई उम्मेदवार बनाउने भन्नेबारे रास्वपाले गृहकार्य गरेको थियो।
सोमबार दिउँसो काठमाडौंबाट घिमिरेले आफु उम्मेदवारबाट पछि हटेर सन्धिखर्कमा रहेका भुसाललाई फोन गरेर समर्थन गरेका थिए । ०७९ मा उनले ३२ सय मत ल्याएका थिए। ३७ वर्षीय भुसाल सन्धिखर्कमा मिडिया सञ्चालक, लेखक र आर्टस् व्यवसाय गर्दै आएका छन् ।
