प्रतिनिधिसभा निर्वाचन: अर्घाखाँचीमा मनोनयन दर्ताको समय तोकियो

मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लास्थित दलका उम्मेदवारका लागि समय तोक्ने निर्णय गरेको हो ।

माघ ३, २०८२

वीरेन्द्र केसी

House of Representatives election: Nomination registration time fixed in Arghakhanchi

अर्घाखाँची — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा राजनीतिक दलहरुलाई उम्मेदवारी दर्ताको समय तालिका निर्धारण गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लास्थित दलका उम्मेदवारका लागि समय तोक्ने निर्णय गरेको हो ।

जस अनुसार माघ ६ गते मनोनयन दर्ताको लागि कांग्रेसलाई दिउँसो ४ बजेदेखि ५ बजेसम्म, एमालेलाई दिउँसो १ देखि २ बजेसम्म, नेपाली कम्युनिष्ट पार्टीका लागि २ बजेदेखि २ः३० सम्म र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई बिहान ११ देखि १२ बजेसम्म समय तोकिएको छ । 

त्यस्तै राष्ट्रिय जनमोर्चालाई १२ बजेदेखि १ बजेसम्म जनता समाजवादी पार्टीलाई दिउँसो ३ः३० देखि ४ बजेसम्म, राप्रपालाई दिउँसो २ः४५ देखि ३ः१५ सम्म समय निर्धारण गरिएको जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाले बताए । 

एक मात्र प्रतिनिधिसभा सदस्य रहेको अर्घाखाँचीमा निर्वाचनका लागि १ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेका छन् । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully