बर्दियामा निर्वाचन प्रहरीमा ४४ सयको आवेदन

जिल्लामा १ हजार ८ सय २६ नेपाल प्रहरी र २ सय सशस्त्र प्रहरीका लागि गरी २ हजार २६ जना निर्वाचन प्रहरीका लागि आवेदन खुलेको थियो।

माघ २, २०८२

रामप्रसाद चौहान 

4,400 applications submitted to election police in Bardiya

बर्दिया — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना हुन बर्दियामा ४४ सय जनाको आवेदन परेको छ।

जिल्लामा १ हजार ८ सय २६ नेपाल प्रहरी र २ सय सशस्त्र प्रहरीका लागि गरी २ हजार २६ जना निर्वाचन प्रहरीको लागि आवेदन खुलेको थियो।

पुस २५ देखि माघ १ गतेसम्म तोकिएको अवधिमा ४ हजार ४ सय जनाको आवेदन दर्ता भएको जिल्ला प्रहरीका डीएसपी देवेन्द्रकुमार मल्लले बताए।

माघ ५ गतेदेखि निर्वाचन प्रहरीको छनौट प्रक्रिया सुरु हुने डीएसपी मल्लले जानकारी दिए। आवेदन दिने अधिकांश युवायुवतीले रहेको उनले बताए। 

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully