सिद्धार्थ कटेजले २०८० सालदेखि निरन्तर रूपमा नेपालगन्जमा मःम फेस्टिवल आयोजना गर्दै आएको छ ।
नेपालगन्ज — अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालगन्जमा चौथो ‘मःमः फेस्टिवल’ आयोजना हुने भएको छ। सिद्धार्थ कटेज नेपालगन्जको आयोजनामा माघ ३, ४ र ५ गते फेस्टिवल हुन लागेको हो ।
सिद्धार्थ कटेजले २०८० सालदेखि निरन्तर रूपमा नेपालगन्जमा मःम फेस्टिवल आयोजना गर्दै आएको छ। यस वर्षको फेस्टिवल पनि मनोरञ्जन, संस्कृति र स्वादको संगमका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।
तीन दिनसम्म सञ्चालन हुने मःमः फेस्टिवलमा प्रत्येक दिन फरक–फरक कलाकार तथा ब्याण्डहरूको विशेष प्रस्तुति रहनेछ। फेस्टिवलको पहिलो दिन स्थानीय कलाकार तथा स्थानीय ब्याण्डहरूको प्रस्तुति रहनेछ भने दोस्रो दिन चर्चित गायक खुमन अधिकारी, इब्सल सञ्ज्याल लगायत अन्य कलाकार तथा ब्याण्डहरूको बेजोड प्रस्तुति रहने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले जानकारी दिए।
सोही दिन सांस्कृतिक कार्यक्रमसँगै मःम मेकिङ एण्ड कुकिङ प्रतियोगिता पनि आयोजना गरिनेछ, जसका लागि निःशुल्क नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको होटेल सिद्वार्थ नेपालगन्जका बद्री कोइरालाले बताए ।
सिद्धार्थ ग्रुपका हेड अफ सेफ एलबी कौशलले चौथो मःम फेस्टिवलमा २ सयभन्दा बढी प्रकारका मःम समावेश गरिनेछ।
