बुधबार बिहान एक्कासि बेहोस भएका रोशन चौधरीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले बताए ।
दाङ — इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासत कक्षमा रहेका एक थुनुवाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका–४ बैबाङका २५ वर्षीय रोशन चौधरीको बुधबार मृत्यु भएको हो ।
बिहान एक्कासि बेहोस भएपछि चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले बताए ।
चौधरीलाई मंसिर २८ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट ५ दशमलव १० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो ।
