टिकटकमा भिडियो पोष्ट गर्दा अबैध बन्दुकसहित पक्राउ

कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय बिनोदकुमार ओझा अवैध रुपमा राखेको एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

पुस २९, २०८२

मनोज पौडेल

Arrested with illegal firearm while posting video on TikTok

कपिलवस्तु — रवाफ देखाउन सामाजिक सञ्जाल टिकटकमा बन्दुकको भिडियो पोष्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय बिनोदकुमार ओझा अवैध रुपमा राखेको एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। 

उनले आफ्नो टिकटक आइडीबाट भरुवा बन्दुकको भिडियो पोष्ट गरेका थिए । भिडियो पोष्ट गरेपछि प्रहरीले ओझाको घरबाट अबैध बन्दुक बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए। 

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ अन्तर्गत हातहतियार तथा खरखजाना कसूर सम्बन्धी मुद्दामा सोमबार अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully