बौद्धिक अपांगता भएकालाई न्यानो कपडा सहयोग

राधामाधव समिति अन्तर्गत रेसुंगा सत्संग केन्द्रले बौद्धिक अपांगता भएका विद्यार्थी र व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरेको हो ।

पुस २६, २०८२

सन्तोष महतारा

Warm clothing assistance for those with intellectual disabilities

गुल्मी — गुल्मीमा बौद्धिक अपांगता भएका व्यक्तिहरूलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ ।

राधामाधव समिति अन्तर्गत रेसुंगा सत्संग केन्द्रले बौद्धिक अपांगता भएका विद्यार्थी र व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरेको हो ।

उपल्लो तम्घास माध्यमिक विद्यालयका २६ जना बौद्धिक अपांगता भएका विद्यार्थीहरू र तम्घासस्थित अन्य १३ जना बौद्धिक अपांगता भएका व्यक्ति गरी ३९ जनालाई न्यानो कपडा वितरण गरिएको राधामाधव समिति गुल्मीका सचिव ताराप्रसाद भुसालले बताए ।  

समितिले शनिबार जगत कृपालुजी महाराजले जगदगुरुत्तम उपाधि पाएकाे दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष जस्तै न्यानो कपडा सहयोग गरेको हो । यसअघि नै त्यस्ता व्यक्तिहरूलाई भेटेर आ-आफ्नै नापअनुसार तलमाथि लगाउने बाक्लो न्यानो कपडा बनाइएको थियो । सबैले आ-आफ्नो साइजअनुसार कपडा पाएका छन् ।

राधामाधव समिति रेसुंगा सत्संग केन्द्रले सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा कार्य गर्दै आएको छ । रेसुंगा गाैशलामा रहेका गाईहरुलाई आहारमा सहयोग गर्दै आइरहेको यस संस्थाले विद्यार्थी, विपन्न तथा असहायहरूलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा खाद्यान्न सहयोग गर्दै आइरहेको छ।  

सन्तोष महतारा

Link copied successfully