कपिलवस्तु कारागारबाट भागेका एक पक्राउ

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ वर्ष कैद फैसला भई कारागारमा रहेका उनी गत भदौ २४ गते फरार भएका थिए।

पुस २५, २०८२

मनोज पौडेल

One arrested after escaping from Kapilvastu prison

कपिलवस्तु — जेनजी प्रदर्शनका बेला कपिलवस्तु कारागारबाट फरार भएका महाराजगञ्ज नगरपालिका–१ पल्टाका ३० वर्षीय घण्टी भनिने प्रकाश ढाडीलाई प्रहरी पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ वर्ष कैद फैसला भई कारागारमा रहेका उनी गत भदौ २४ गते कारागारमा बम बिष्फोट गरी आगजनी हुँदा फरार भएका थिए। 

आफ्नै घरमा बसेका बेला ईलाका प्रहरी कार्यालय महाराजगञ्जको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।  

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully