सोमबार बसेको एमाले जिल्ला कमिटी बैठकले सूर्य थापाको नाम सिफारिस गरेको एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले जानकारी दिए ।
प्यूठान — आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले सूर्य थापाको एकल नाम सिफारिस गरेको छ ।
सोमबार बसेको एमाले जिल्ला कमिटी बैठकले थापाको नाम सिफारिस गरेको एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले जानकारी दिए ।
एमाले केन्द्रीय सदस्य थापा २०७९ को प्रतिनिधि सभा सदस्यमा प्यूठानबाट विजयी भएका थिए । थापाले ५ हजार २ सय ७४ मतान्तरले प्रतिस्पर्धी पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार राजमोकी दुर्गा पौडेललाई पराजित गरेका थिए।
थापाले ४१ हजार १ सय १८ मत ल्याउँदा पाैडेलले ३५ हजार ८ सय ४४ मत पाएकी थिइन् । थापाको नाम पार्टीले दोस्रो पटक प्यूठानबाट सिफारिस गरेको हो ।
