धेरै जनाले रुचि देखाए पनि तीन जनासम्मको नाम पठाउन भनिएकाले ३ नम्बरबाट तीन जनालाई समेटिएको र अन्यत्रबाट एकल नाम सिफारिस भएको जिल्ला पार्टी उपाध्यक्ष रत्न खत्रीले बताए।
नेपालगन्ज — प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके एमालेले दुई क्षेत्रमा एकल र एउटा क्षेत्रबाट तीन जनाको नाम सिफारिस गरेको छ।
क्षेत्रीय कमिटीले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि नाम सिफारिस गरेका हुन्।
क्षेत्र नं १ बाट पार्टीका केन्द्रीय सदस्य सूर्य ढकाल र क्षेत्र नं ३ बाट संविधानसभा सदस्य दलबहादुर सुनारको नाम एकल सिफारिस भएको छ। क्षेत्र नं २ बाट भने पार्टी अध्यक्ष निरक गुरुङ, कृष्णप्रसाद श्रेष्ठ र अछरी पोखरेलको नाम सिफारिस भएको छ।
क्षेत्रले पठाएको नाम जिल्ला हुँदै प्रदेश र केन्द्रमा जानेछ। क्षेत्र नं १ का ढकाल विघटित प्रतिनिधि सभाका सदस्य हुन्। धेरै जनाले रुचि देखाए पनि तीन जनासम्मको नाम पठाउन भनिएकाले ३ नम्बरबाट तीन जनालाई समेटिएको र अन्यत्रबाट एकल नाम सिफारिस भएको जिल्ला पार्टी उपाध्यक्ष रत्न खत्रीले बताए।
