कपिलवस्तु एमालेद्वारा तीनै क्षेत्रमा नयाँ अनुहार सिफारिस

यसअघि क्षेत्र नं १ बाट बलराम अधिकारी विजयी भएका थिए भने क्षेत्र नं ३ बाट मंगलप्रसाद गुप्ता विजयी भएका थिए । क्षेत्र नं २ बाट उम्मेदवार भई पराजित भएका बृजेशकुमार गुप्ताले पार्टी नै परित्याग गरिसकेका छन् । तर, यस पटक यी कसैको पनि नाम सिफारिसमा परेको छैन ।

पुस २१, २०८२

मनोज पौडेल

Kapilvastu UML recommends new faces in all three constituencies

कपिलवस्तु — आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट एमालेले नयाँ अनुहारलाई सिफारिस गरेको छ । २०७९ को निर्वाचनमा पार्टीबाट विजयी भएका व्यक्ति पनि यसपालिको सिफारिसमा परेका छैनन् ।

क्षेत्र नं. १ बाट विश्रामप्रसाद चौधरीको एकल नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नं. २ बाट द‍ृगनारायण पाण्डेको नाम पनि एकल नै सिफारिस गरेको छ । क्षेत्र नं ३ बाट भने चार जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा नेत्रराज अधिकारी, सिराज अहमद फारुकी, इकवाल अहमद शाह र मीना परियार छन् ।

तीनै क्षेत्रमा पार्टीको क्षेत्रीय कमिटीले निर्णय गरेर जिल्ला कमिटीलाई पठाएको हो । अब जिल्लाले प्रदेश कमिटीलाई सिफारिस पठाउने पार्टी जिल्ला अध्यक्ष बाबुराम खनालले बताए । 

यसअघि क्षेत्र नं १ बाट बलराम अधिकारी विजयी भएका थिए भने क्षेत्र नं ३ बाट मंगलप्रसाद गुप्ता विजयी भएका थिए । क्षेत्र नं २ बाट उम्मेदवार भई पराजित भएका बृजेशकुमार गुप्ताले पार्टी नै परित्याग गरिसकेका छन् । तर, यस पटक यी कसैको पनि नाम सिफारिसमा परेको छैन ।

क्षेत्र नं १ बाट अधिकारीले उम्मेदवार हुने चाहना राखे पनि उनको नाम छलफलमै नआएको एमाले स्रोतले जनाएको छ । केपी ओली सरकारमा मन्त्री रहेका अधिकारी पोखराको लिचिबारी काण्डका आरोपित हुन् । 

मनोज पौडेल

Link copied successfully