प्रतिनिधिसभा निर्वाचन: एमाले रोल्पाद्वारा ७ जना सिफारिस

दुई जना पूर्वसांसदसहित जिल्लाबाट समावेशी रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले रोल्पाले जनाएको छ।

पुस २१, २०८२

काशीराम डाँगी

House of Representatives election: UML Rolpa recommends 7 candidates

रोल्पा — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले रोल्पाले ७ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।

दुई जना पूर्वसांसदसहित एमालेले जिल्लाबाट समावेशी रुपमा उम्मेदवार सिफारिस गरिएको जनाएको छ। 

जिल्लाबाट सिफारिस गरिएकामा गोकुलप्रसाद घर्तीमगर, मीना बुढामगर, नेपबहादुर वली, ओमराज घर्तीमगर, घनश्याम आचार्य, अजुर्न वली र अस्मिता घर्तीमगर छन्। 

एमाले केन्द्रीय सदस्य रहेका गोकुल यसअघि समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य भइसकेका हुन्।

यस्तै लामो समयसम्म परदेश विभाग अन्तर्गत भारतमा क्रियाशील रोल्पा मिरुलकी मीना बुढा पनि यसअघि राष्ट्रिय सभा सदस्य भइसकेकी हुन्।

लामो समय जिल्ला तहको नेतृत्वमा रहिसकेका नेताहरु नेपबहादुर वली, घनश्याम आचार्य र पूर्वजिल्ला सचिव ओमराज घर्तीमगरलाई पनि यस पटक प्रतिनिधिसभा सदस्यको उम्मेदारका लागि सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष अमृत बुढामगरले बताए ।आचार्य पूर्व पत्रकार एवं मानवअधिकारकर्मी हुन्।

एमालेले अर्जुन वली र अस्मिता घर्तीमगरलाई युवा पुस्ताका तर्फबाट सिफारिस गरेको जनाएको छ। 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully