एमाले रुकुम पूर्वले तोक्यो कार्यवाहक अध्यक्ष र प्रतिनिधिसभा उम्मेदवार

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फ खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनारको नाम सिफरिस गरिएको हो।

पुस २०, २०८२

महेश केसी

UML Rukum East designates acting chairperson and House of Representatives candidate

रुकुम पूर्व — नेकपा एमाले रुकुम पूर्व जिल्ला कमिटिले कार्यवाहक अध्यक्ष र आसन्न निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ।

पार्टी कार्यालय रुकुमकोटमा शनिबार बसेको सातौं बैठकले उपाध्यक्ष गोपाल रेउलेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। पार्टीले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका उम्मेदवार पनि छनौट गरेको छ। 

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फ खेममान खड्का, आशा स्वर्णकार,     चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनारको नाम सिफरिस गरिएको हो।

रााष्ट्रिय सभा निर्वाचनका लागि खुल्ला पुरुषबाट नन्दलाल शर्मा र अपांगता भएकाबाट रामलाल केसीको नाम सर्वसम्मत सिफरिस गरिएको छ। 

⁠जिल्ला कमिटि अध्यक्ष लिलामणि गौतम एघारौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि पार्टीको दोहोरो जिम्मेवारी लिन नमिल्ने मापदण्ड अनुसार अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष रेउलेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय समेथ गरिएको एमाले रुकुम पूर्वकी नेता भावना बुढाथोकीले जनाइन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully