बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

गाई चराउन गएका बेला उनलाई जंगलमा बाघले आक्रमण गरेको थियो ।

पुस २०, २०८२

रुपा गहतराज

One person dies in tiger attack in Banke

बाँके — पाटेबाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका-१ कुसुमस्थित सौरीमा एक जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको शनिबार दिउँसो मृत्यु भएको हो  । गाई चराउन गएका बेला जंगलमा बाघले आक्रमण गरेको  थियो । ‘हामी सँगै गएका थियौं, बाघले एक्कासि आक्रमण गर्‍यो, चिच्याउँदा-चिच्याउँदै पनि बाघले लग्यो,’ प्रत्यक्षदर्शी पिमलाल डाँगीले भने । बाघले आफूहरुलाई समेत आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाउन सफल भएको उनले बताए । 

घटना सार्वजनिक भएपछि बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा लगायतको टोली जंगलमा पुगेको थियो ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully