ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपुर — पूर्वी नवलपरासीको गैंडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका-५ बुद्ध मार्गमा देवचुली तर्फ आउँदै गरेको ग १ ख ६६०५ नम्बरको ट्रकले ठक्कर दिँदा गैंडाकोट-५ का ८२ वर्षका यमनाथ पौडेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते पौडेलको उपचार क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
