बर्दिया एमालेले गर्‍यो १० जनाको नाम सिफारिस

दुईवटा निर्वाचन क्षेत्र रहेको बर्दियामा एकल नाममा सहमति जुट्न नसकेपछि आइतबार दुवै क्षेत्रबाट पाँच/पाँच जनाको नाम सिफारिस गरेको हो ।

पुस २०, २०८२

कमल पन्थी

Bardiya UML recommends names of 10 people

बर्दिया — आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बर्दिया एमालेले  १० जनाको नाम सिफारिस गरेको छ ।

दुईवटा निर्वाचन क्षेत्र रहेको बर्दियामा एकल नाममा सहमति जुट्न नसकेपछि आइतबार दुवै क्षेत्रबाट पाँच/पाँच जनाको नाम सिफारिस गरेको हो ।

निर्वाचन क्षेत्र नं १ बाट शालिकराम अधिकारी, कपिल ज्ञवाली, सुरेश रेग्मी, सुष्मा चौधरी र गोविन्द थपलियाको नाम सिफारिस भएकाे छ भने क्षेत्र नं २ बाट विमला विक, कुलप्रसाद पोख्रेल, शर्मा थारु, पंकजसिंह राठौर र शिवमणी शर्माको नाम सिफारिस गरिएको एमाले जिल्ला कमिटी सचिव पदम ढकालले बताए ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully