शौचालयको बाहिरी पेटीमा आदर्शचोक घर भई विगत केही वर्षदेखि मागी हिँड्ने पुरुष आइतबार बिहान मृत फेला परेका हुन् ।
गुल्मी — सदरमुकाम तम्घासमा एक पुरुष मृत फेला परेका छन् । गुल्मीको रेसुंगा नगरपालिका-७ जीपपार्कमा ४९ वर्षीय पुर्सबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक पर्वतकुमार केसीले जानकारी दिए ।
प्रहरीका अनुसार शौचालयको बाहिरी पेटीमा आदर्शचोक घर भई विगत केही वर्षदेखि मादक पदार्थ सेवन गरी माग्दै हिँड्ने उक्त पुरुष आइतबार बिहान मृत फेला परेका हुन् ।
घटनास्थलमा प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमाण्डमा सात जनाको टोली खटिएको थियो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
