बगलामुखी राधाकृष्ण माध्यमिक विद्यालयलगायतका सय जना विद्यार्थीलाई न्याना कपडा वितरण गरिएको हो ।
बर्दिया — समाजसेवी तथा उद्योग वाणिज्य संघ, गुलरियाका अध्यक्ष देवेन्द्रप्रसाद पाण्डेले निम्न आय भएका एक सय जना विद्यार्थीलाई न्याना कपडा वितरण गरेका छन् । चिसोका कारण विद्यालय आउन नसकेका बालबालिकालाई न्याना कपडा वितरण गरिएको हो ।
आफ्नो जन्मदिनको अवसर पारेर १ लाख मूल्य बराबरका सय जोर न्याना कपडा वितरण गरेको अध्यक्ष पाण्डेले बताए । बगलामुखी राधाकृष्ण माध्यमिक विद्यालयलगायतका सय जना विद्यार्थीलाई न्याना कपडा वितरण गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ८ का अध्यक्ष सुधांशुप्रकाश शर्मा र प्रधानाध्यापक मतिराम शर्माले पाण्डेको उक्त कार्यका लागि धन्यवाद दिए । विगत दुई सातायता बर्दियामा शीतलहरसागै चिसोले विद्यार्थी बढी प्रभावित भएका छन् ।
