खाता जैविक मार्गको पत्थरबोझी क्षेत्रमा समस्याग्रस्त बाघको खोजी गरी नियन्त्रणमा लिन संयुक्त टोली खटिएको छ ।
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले समस्याग्रस्त बाघ नियन्त्रणमा लिन दुई वटा हात्ती, प्राविधिक टोलीसहित नेपाली सेना परिचालन गरेको छ ।
पुस १५ गते मधुवन नगरपालिका–२ कोठिया गाउँकी १७ वर्षीया विनिता परियारको बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।
समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन दुई वटा हात्ती, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, निकुञ्जका कर्मचारीसहित नेपाली सेना परिचालन गरिएको वरिष्ठ प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । खाता जैविक मार्गको पत्थरबोझी क्षेत्रमा समस्याग्रस्त बाघको खोजी गरी नियन्त्रणमा लिन संयुक्त टोली खटिएको छ ।
केही महिनायता हात्ती, बाघ, चितुवाले मानिसको ज्यान लिन थालेपछि स्थानीय त्रसित भएका छन् ।
