टायल्स उद्योगमा दुई कामदारको मृत्यु*

बुधबार राति एक भारतीय र एक जना नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुस १७, २०८२

नवीन पौडेल

Two workers die in tiles industry*

परासी — पश्चिम नवलपरासीको एक उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–१२ स्थित कजारिया टायल्स उद्योगमा कार्यरत मजदुरको मृत्यु भएको हो ।

बुधबार राति एक भारतीय र एक जना नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख अनुपम श्रेष्ठका अनुसार मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगण जिल्लाका ३० वर्षको विनोद कुमार रहेका छन् ।

उद्योगको ग्यासी फायरमा सुतिरहेको अवस्थामा मृत फेला परेको र आवश्यक अनुसन्धानको लागि फरेन्सिक परिक्षणका लागि पठाउन लागिएको प्रहरीले जनाएको छ ।

* सम्पादन र अद्यावधिक गरिएको ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully