आन्तरिकतर्फ ७ हजार ९६ जना पर्यटकले निकुञ्जको भ्रमण गरेको वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले जनाए ।
What you should know
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा गत साउनदेखि पुस १५ गतेसम्म ३ हजार ३१ जना विदेशी पर्यटक आएका छन् ।
अमेरिका, बेलायत, निदरल्याण्ड, फ्रासलगायत मुलुकबाट आएका पर्यटकले बर्दिया निकुञ्जको अवलोकन गरेका छन् ।
यस अवधिमा सार्कबाट ४ सय ४९ जना पर्यटक आएको बर्दिया निकुञ्जले जनाएको छ । आन्तरिकतर्फ ७ हजार ९६ जना पर्यटकले निकुञ्जको भ्रमण गरेको वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले जनाए ।
सहजै बाघ हेर्न पाइने भन्दै स्वदेशी र विदेशी पर्यटक आउने गरेको उनले जनाए । सन् २०२२ को गणनामा बर्दियामा १ सय २५ बाघको संख्या थियो । सन् २०२५ २४ डिसेम्बर २४ बाट बाघ गणना भइ रहेको छ । यसवर्ष बाघ बढ्ने अनुमान निकुञ्जको छ ।
अग्रेजी नयाँ वर्ष २०२६ सालको र पुरानो वर्षको बिदाईमा आन्तरिक र विदेशी पर्यटकको आगमन बढेको छैन । विगतमा झैं नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटक आगमन सन्तोषजनक नभएकोमा पर्यटन व्यवसायी निराश भएका छन् ।
नयाँ वर्षका दिन केही होटल अग्रिम बुकिङ भइसकेको छ । आन्तरिकसँगै केही विदेशी पर्यटक पनि पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्न यसवर्ष पनि आएका छन् । यहाँका होटल र रेष्टुराँमा थारु संस्कृति झल्कने कार्यक्रम राखिएको छ । पर्यटन व्यवसायी एवं संरक्षणकर्मी कृष्णप्रसाद भट्टराइले अंग्रेजी नयाँ वर्ष मनाउन होटल अग्रिम बुक भएको बताए ।
‘विगत जस्तो पर्यटकको आगमन छैन,’ उनले भने, ‘विभिन्न आन्दोलनका कारण पर्यटन व्यवसायी मर्कामा परेका छन् ।’ ९ सय ६८ वर्ग किमी ओगटेको निकुञ्जमा बाघ, गैंडा, हात्ती लगायतका जनावर सहजै हेर्न पाउँदा पर्यटक आउने गर्छन् । पर्यटन व्यवसायी रामजी बाबु थापाले आर्थिक मन्दीले यसवर्ष उत्साहजनक रुपमा पर्यटक भित्रन नसकेको जनाए ।
