चिसो बढेपछि दाङका तीन स्थानीय तहका विद्यालय तीन दिन बन्द

घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

पुस १६, २०८२

दुर्गालाल केसी

Three local level schools in Dang closed for three days due to increasing cold

दाङ — चिसो बढेपछि जिल्लाका तीन स्थानीय तहले बुधबारदेखि तीन दिन विद्यालयमा बिदा दिएका छन् । 

घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिन बिदा दिएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । 

यसैगरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र राप्ती गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले तीन दिन विद्यालय बन्द गरिएको जानकारी दिएका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully