सशस्त्र प्रहरीले मनायो स्थापना दिवस

सशस्त्र प्रहरी बल बिन्ध्यावासिनी बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपेन्द्र कुँवरले जोखिम र चुनौती लिएर कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले शान्ति सुरक्षा अमनचैन कायम गरेर सेवा गरिरहेको बताए ।

पुस १५, २०८२

मनोज पौडेल

Armed Police Force celebrates its establishment day

कपिलवस्तु — सशस्त्र प्रहरी बल २८ नम्बर गणले आफ्नो १९ औं स्थापना दिवस मनाइएको छ । आफ्नो स्थापना दिवस मंगलबार केक काटेर मनाएको हो ।

सशस्त्र प्रहरी बल बिन्ध्यावासिनी बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपेन्द्र कुँवरले जोखिम र चुनौती लिएर कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले शान्ति सुरक्षा अमनचैन कायम गरेर सेवा गरिरहेको बताए । 

राष्ट्र र नागरिकप्रति थप जिम्मेवार हुनुपर्ने अवस्था आएको बताउँदै आजसम्मको यात्रा त्याग र बलिदानको  भएको स्मरण गर्दै विपद्, सीमा सुरक्षा र शान्ति सुरक्षामा सशस्त्र प्रहरी बलको माग देशभर भइरहेको उनको दाबी थियो । 

स्थापना दिवसका अवसरमा आयोजित भलिबल र ब्याडमिन्टन प्रतियोगिता, तीन सय मिटर दौड प्रतियोगिता, मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम गरिएको थियो । प्रतियोगितामा पुरस्कृत सशस्त्र प्रहरी र उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरीलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

२०६४ पुस १५ गते सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका रूपमा जिल्लामा कपिलवस्तु नगरपालिका वडा नम्बर ३, तौलिहवास्थित नेपाल कृषि सामग्री संस्थानको पुरानो गोदामबाट कार्य संचालन गरिएको थियो । अहिले सदरमुकाम तौलिहवादेखि ६ किलोमिटर उत्तर–पश्चिम कपिलवस्तु नगरपालिका–६, बर्मेलीमा आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको सशस्त्र प्रहरी २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसीले बताए । 

मनोज पौडेल

Link copied successfully