परासी कारागारबाट भागेका ३८ भारतीयसहित १ सय ८४ कैदीबन्दी अझै फरार

गत भदौ २५ गते बिहान परासी कारागारबाट ४१ जना भारतीयसहित ५ सय ४६ जना कैदीबन्दी भागेका थिए ।

पुस १४, २०८२

नारायण शर्मा

184 prisoners, including 38 Indians who escaped from Parasi prison, still at large

नवलपरासी — जेन-जी आन्दोलनका क्रममा गत भदाै २५ मा परासी कारागाराबाट भागेका ५ सय ४६ जना मध्ये १ सय ८४ जना अझै सम्पर्कमा आएका छैनन् ।

उनीहरु मध्ये ३८ जना भारतीय नागरिक छन् । बिभिन्न अपराधमा कारागारमा रहेका मध्ये त्यतिखेर ४१ जना भारतीय नागरिक थिए । तीमध्ये ३ जना भारतीय मात्र कारागारमा फर्किएका छन् ।

भारतीयहरुको खोजतलासका लागि पत्राचार गरिए पनि सम्पर्कमा आएका छैनन् । उनीहरुको तस्बिरसहितकाे विवरणसहित प्रहरीले भारतीय प्रहरीलाई खोजीका लागि पत्राचार गरेको छ।

कारागारका नायब सुब्बा किरण अर्यालका अनुसार गत भदौ २५ गते बिहान कारागारबाट ५ सय ४६ जना भागेका थिए । त्यतिखेर कारागारमा ५ सय ७५ जना कैदीबन्दी थिए । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully