शितलहर बढेपछि प्रतापपुरमा दुई दिन विद्यालय बन्द

एक सातादेखि बढेको हुस्सु र चिसोले जनजीवन प्रभावित भएपछि पौष १३ र १४ गते दुई दिनका लागि पालिकाभित्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिएको हो ।

पुस १३, २०८२

नवीन पौडेल

Schools closed for two days in Pratappur as cold wave intensifies

परासी — शितलहर बढेपछि पश्चिम नवलपरासीको  प्रतापपुर गाउँपालिकाले दुई दिन विद्यालय बिदा गरेको  छ।

एक सातादेखि बढेको हुस्सु र चिसोले जनजीवन प्रभावित भएपछि पौष १३ र १४ गते दुई दिनका लागि पालिकाभित्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिएको हो ।

जाडोको कारण बालबालिकालाई विद्यालय जान र आउन समस्या परेको र स्वास्थ लाई असर गर्ने भएकाले बिदा दिइएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताए ।

जिल्लामा केही दिनदेखि दिनभर हुस्सु लाग्ने, शितलहर चलेको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully