बर्दियाका दुवै क्षेत्रमा एमालेबाट १० जना समानुपातिक उम्मेदवार सिफारिस

निर्वाचन क्षेत्र नम्बर १ बाट ४ र २ बाट ६ जनाको नाम समानुपातिकतर्फको सिफारिस गरिएको हो ।

पुस १२, २०८२

कमल पन्थी

UML recommends 10 proportional candidates in both constituencies of Bardiya

बर्दिया — आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि एमाले बर्दियाले समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ । 

निर्वाचन क्षेत्र नम्बर १ बाट ४ र २ बाट ६ जनाको नाम समानुपातिकतर्फको सिफारिस गरिएको हो । क्षेत्र नम्बर १ बाट धनेश यादव, कमला ज्ञवाली, कुलानी थारु र कृष्ण गुरुङलाई सिफारिस गरेको एमाले जिल्ला कमिटीका सचिव पदम ढकालले बताए । 

यसैगरी क्षेत्र नम्बर २ बाट लौटन थारु, सीता मैया शाही, रामप्रसाद वादी, टंक वली, ओम नेपाली र विमला केसीको नाम सिफारिस गरिएको उनले जनाए ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully