नेपाल-भारत सीमामा रातको समयमा तस्करी बढेपछि सशस्त्रले रात्रि गस्ती बढाएको छ ।
परासी — पश्चिम नवलपरासीको भारतिय सिमावर्ती सिसवाबाट सशस्त्र प्रहरीले १७ लाख ८० हजार बराबरको भन्सार छली गरेको सामान बरामद गरेको छ ।
पाल्हिनन्दन गाउँपालिका-५ मा भारत भित्र्याउँदै गरेको अवस्थामा मोबाइलमा प्रयोग हुने १७ लाख ८० हजार रुपैयाँ बराबरका 'टेम्पर ग्लास' र 'कभर' बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेड क्वाटरका डिएसपी गोविन्दबहादुर केसीले बताए ।
बरामद भएको ६ हजार पिस सामान आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।
नेपाल-भारत सीमामा रातको समयमा भन्सार छली गरेर तस्करी बढेपछि सशस्त्रले रात्रि गस्ती बढाएको छ ।
