प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस कपिलवस्तुद्वारा उम्मेदवार सिफारिस 

कांग्रेस जिल्ला सभापति अब्दुल कलामको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्षमा १०, समानुपातिकमा ४० र राष्ट्रिय सभामा ७ जनाको नाम सिफरिस गरिएको कांग्रेस जिल्ला सहसचिव वीरेन्द्र शुक्लाले बताए ।

पुस ५, २०८२

मनोज पौडेल

Congress Kapilvastu recommends candidate for House of Representatives member

What you should know

कपिलवस्तु — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस जिल्ला समिति कपिलवस्तुले १० जनाको नाम सिफारिस गरेको छ । 

समानुपातिकमा नेता, कार्यकर्ता व्यवस्थापन गर्न ठूलो संख्यामा नाम सिफरिस गरिएको छ ।

जिल्लाका क्षेत्र न. ३ मा एकल नाम सिफरिस हुँदा क्षेत्र नं. १ बाट ५ जना र क्षेत्र नं. २ बाट ४ जनाको नाम जिल्ला समितिले प्रदेश समितिलाई सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट गगन थापा, अतहर कमाल मुसलमान, सहसराज यादव, आशिष शर्मा र ध्रुव नेपालको नाम सिफारिस गरिएको छ । क्षेत्रीय समितिले सिफारिस गरेकोभन्दा थापा, मुसलमान र यादवको नाम जिल्लाले प्रदेशलाई पठाएको हो । क्षेत्र नं. २ मा जिल्लाले सुरेन्द्रराज आचार्य, गोपीकृष्ण शर्मा, रवीन्द्रनाथ ठाकुर र विक्रमसिंह थापाको नाम सिफारिस गरेर पठाएको छ । 

त्यस्तै क्षेत्र नं. ३ मा वीरेन्द्रकुमार कानोडियाको नाम सिफारिस गरेर पठाइएको छ । क्षेत्र नं. २ र ३ मा क्षेत्रीय समितिले गरेको सिफारिसले जिल्ला समितिले हुबहु प्रदेशमा पठाएको छ । 

त्यस्तै समानुपातिकतर्फ क्षेत्र न. १ बाट २२ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा कमलेश शर्मा, रविबहादुर काफ्ले, हरिराज घिमिरे, बिमला गैरे, इन्द्रा भट्टराई, लोकराज गिरी र हिमलाल पौडेल छन् । विष्णु थापा, गोविन्दी थारु, सुरेश शर्मा, महेन्द्र पाठक, चतुर्भुजमणि त्रिपाठी, विश्वम्भर कुर्मी र सुमन शुक्लाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै मंगलप्रसाद थारु, पूर्णप्रसाद चौधरी, तारावती थारु, लक्ष्मी नेपाली दर्जी, कृष्णप्रसाद न्यौपाने, मोहम्मद ओजी अर्सद, अब्दुलकयुम मुसलमान र बेचन चमारको नाम सिफारिस गरेको छ । 

क्षेत्र नं.२ मा समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा रिना नेपाल बिक, मिना केसी, फागुप्रसाद धोवी, जवाहरलाल चौधरी, माया ज्ञवाली, रउफ अहमद खा र अब्दुल करिमको नाम सिफारिस भएको छ । त्यस्तै आश्मा खातुन, शान्ता सापकोटा, शिवशंकर कान्दु, रेश्मीराज अधिकारी दिपेन्द्रनाथ शुक्ला, मिना परियार र कलावती पासीको नाम सिफारिस गरेको छ । 

त्यस्तै क्षेत्र नं. ३ मा समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस गरिएको छ । जसमा ब्रहृमानन्द उपाध्याय, अकिल मियाँ, तारादेवी चौधरी थरुनी र शारदा कार्की रायमाझी छन् ।

त्यस्तै राष्ट्रिय सभातर्फ राजेश आचार्य, गुणलक्ष्मी ज्ञवाली, खुर्सेदअहमद खा, छविलाल नेपाली, सुमित्रा शर्मा, डा. जहीरुल हसन खा र शोहरत तेलीको नाम सिफारिस गरिएको छ । ८० प्रतिशतभन्दा बढी पाका र पटकपटक पदकमा रहीसकेका व्यक्ति सिफारिस गरिएपछि युवापुस्तामा असन्तुष्टि बढेको छ । 

परिवर्तनका संवाहक युवाले आफ्ना माग सुनुवाइ नभएको भन्दै असन्तुष्टि जनाउँदै निरन्तर दबाब दिने चेतावनी दिएको युवा नेता अनिल क्षेत्रीले बताएका छन् । युवाले पुराना अनुहारलाई सिफारिस नगर्न दबाब दिए पनि अधिकांश आकांक्षीका कारण केन्द्रको मापदण्डभन्दा बढी उम्मेदवार सिफारिस गरिएको छ ।

मनोज पौडेल

Link copied successfully