पार्टीको जिल्ला समितिको बिहीबार बसेको बैठकले तीन संसदीय क्षेत्रमा ३/३ जना नेताको नाम प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि केन्द्रीय समितिमा सिफारिस गरेको हो ।
कपिलवस्तु — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालले पनि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पार्टीको जिल्ला समितिको बिहीबार बसेको बैठकले तीन संसदीय क्षेत्रमा ३/३ जना नेताको नाम प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि केन्द्रीय समितिमा सिफारिस गरेको हो ।
क्षेत्र नं. १ बाट अब्दुलरसिद खाँ, भगवानदास यादव र शैलेन्द्रकुमार यादवको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नं. २ बाट सुदीप पौडेल, रामनेवास यादव र हरिशचन्द्र पाठकको नामा सिफारिस गरेको छ । क्षेत्र नं. ३ बाट रामवरणप्रसाद यादव, सवित्रा विक र शिवपूजन यादवको नाम सिफारिस गरिएको पार्टी जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादवले जानकारी दिए ।