नेपालमै पहिलो पटक नवजात शिशुको निःशुल्क सिकलसेल परीक्षण

भेरी अस्पतालले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिनबाट नवजात शिशुमा निःशुल्क सिकलसेल, बिटा थालेसिमिया र हेमोग्लोबिनोप्याथी परीक्षण सेवा सुरु गरेको छ।

पुस ३, २०८२

रूपा गहतराज

Free sickle cell testing for newborns for the first time in Nepal

नेपालगञ्ज — बाँकेको भेरी अस्पतालमा नेपालमै पहिलोपटक नवजात शिशुको निःशुल्क सिकलसेल जाँच सुरु भएको छ । 

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ सह प्रा.डा राजन पाण्डेका अनुसार  नेपालमै पहिलो पटक भेरी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिन (Bio–Rad VARIANT™ nbs System) प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो ।

‘नयाँ मेसिन जडान भएसँगै जन्मेको २४ घण्टापछि र पाँच दिनभित्र निःशुल्क जाँच गरिए सिकलसेल एनिमिया भएन/भएको पुष्टि गर्न सकिन्छ,’ उनले भने, ‘साथै शिशु नौ महिना पूरा भई दादुरा–रुबेला खोपको पहिलो डोज लगाउने समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसिमिया तथा अन्य हेमोग्लोबिनोप्याथी भए–नभएको थप पुष्टि सकिने छ ।’

Prenatal diagnosis र Bone Marrow Transplantation बाहेक, हेमोग्लोबिनोप्याथीको समग्र (Comprehensive) उपचार तथा हेरचाहसम्बन्धी अधिकांश सेवाहरु अब भेरी अस्पतालमै सहज रुपमा प्राप्त हुने पनि उनले बताए ।

सह–प्रा.डा.पाण्डे सिकलसेल एनिमिया रोगको परीक्षण र उपचारमा असाधारण उपलब्धि मिलेको बताउँछन् । २०७३ साल साउनसम्म नेपालमा सिकलसेल एनिमिया रोग भएको वा नभएको पत्ता लगाउन रगत परीक्षण गर्ने सुविधा थिएन । त्यसका लागि रगतको नमुना भारत पठाउनुपर्ने बाध्यता थियो ।

रूपा गहतराज

Link copied successfully