नवजात शिशुको निःशुल्क सिकलसेल परीक्षण

भेरी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेसिन प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो ।

पुस २, २०८२

रुपा गहतराज

Free sickle cell testing for newborns

नेपालगञ्ज — बाँकेको भेरी अस्पतालमा नवजात शिशुको निःशुल्क सिकलसेल जाँच सुरु भएको छ ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेलविज्ञ  प्राडा राजन पाण्डेका अनुसार  नेपालमै पहिलो पटक भेरी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेसिन प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो ।

‘नयाँ मेसिन जडान भएसँगै जन्मेको २४ घण्टापछि र पाँच दिनभित्र निःशुल्क जाँच गरिए सिकलसेल एनिमिया भए/नभएको पुष्टि गर्न सकिन्छ,’ उनले भने, 'साथै शिशु नौ महिना पूरा भई दादुरा–रुबेला खोपको पहिलो डोज लगाउने समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसिमिया तथा अन्य हेमोग्लोबिनोप्याथी भए/नभएको थप पुष्टि गर्न सकिने छ।

२०७३ साल साउनसम्म नेपालमा सिकलसेल एनिमिया रोग भएको वा नभएको पत्ता लगाउन रगत परीक्षण गर्ने सुविधा थिएन । त्यसका लागि रगतको नमुना भारत पठाउनुपर्ने बाध्यता थियो ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully