५ जनाको नेपाली नागरिकता खारेज

यस क्रममा जिल्ला प्रशासन कार्यालयबाट ५ जनाको नागरिकता खारेज गरिएको छ ।

पुस १, २०८२

कमल पन्थी

Nepali citizenship of 5 people revoked

बर्दिया — प्रशासनले झुट्टा विवरण पेश गरी दोहोरो नेपाली नागरिकता लिएकाको छानबिन सुरु गरेको छ ।

यस क्रममा जिल्ला प्रशासन कार्यालयबाट ५ जनाको नागरिकता खारेज गरिएको छ । 

तीन वटा नागरिकता गत असारमा खारेज गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ । यस आवको मंसिर मसान्तसम्म २ वटा खारेज भएको छ । 

यस आवमा मधुवन नगरपालिका–का सुनिल सुनार र साविक मानपुर टपरा गाउँपालिका–३ का पल्टु थारुको नागरिकता रद्द गरिएको छ । गत आवमा साविक ढोढरी गापा–७ का रामकुमारी थारु, बारबर्दिया नपा–७ का सुनिल केसी र साविक मगरागाडी गापा–१ कि माया लामाको दोहोरो नागरिकता रद्द गरिएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए ।

यसैगरी गत आवमा १ जना र यस आवमा ५ जनाले नेपाली नागरिकता परित्याग गरेको प्रजिअ हमालले जनाए । हाल ८ वटा यसै प्रकृतिका दोहोरो नेपाली नागरिकता छानबिनको दायरामा भएको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ । 

तर ०६३ सालको टोलीमा गलत विवरण पेश गरी नागरिकता लिएका गैर नागरिकको नागरिकताको उजुरी परे पनि छानबिन हुन सकेको छैन ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully