होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते

लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल शनिबार पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

मंसिर २७, २०८२

रासस

One injured when a pistol hidden in a hotel explodes

दाङ — जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् । 

लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल शनिबार पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार एसीमाथि लुकाएर राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किँएको  हो । गौतमको अवस्था सामान्य रहेको जनाउँदै उहाँले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । 

यसअघि गत शनिबार लमहीस्थित एक सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए ।

रासस

Link copied successfully