१८२ विद्यार्थीलाई न्यानो कपडा वितरण

सोही विद्यालयका पूर्वविद्यार्थी चुरामणि पाण्डेले व्यक्तिगत रुपमा नर्सरीदेखि कक्षा १० सम्मका १८२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।

मंसिर २६, २०८२

सन्तोष महतारा

Warm clothes distributed to 182 students

गुल्मी — गुल्मीमा विद्यार्थीलाई जाडो मौसममा लगाउने न्यानो कपडा वितरण गरिएको छ । रेसुंगा नगरपालिका-१० सिमिचौरस्थित भगवती माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई बुधबार न्यानो कपडा स्वीटर र टोपी वितरण गरिएको हो ।

सोही विद्यालयका पूर्वविद्यार्थी चुरामणि पाण्डेले व्यक्तिगत रुपमा नर्सरीदेखि कक्षा १० सम्मका १८२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । उनले आफ्नो जन्मभूमि त्यसैमाथि आफूले अध्ययन गरेको विद्यालयमा सहयोग गर्नुपर्छ भन्ने भावनास्वरुप सबै विद्यार्थीलाई एकमुष्ट एक लाख रुपैयाँबराबरको न्यानो कपडा वितरण गरेको बताए । उनले बुवा रेणुराज पाण्डेको उपस्थितिमा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक घनश्याम पाण्डेले विद्यालयमा पढेलेखेका विद्यार्थीले प्रगति गरेर सहयोग गर्न फर्किँदा गौरव लाग्ने गरेको बताए । उनले चुरामणीको प्रशंसा गर्दै जिज्ञाशु स्वभावका पाण्डेले प्रगतिको शिखर चुमेर विद्यालयमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

वडाध्यक्ष रामबहादुर बस्नेतले वडा कार्यालयको तर्फबाट सहयोगी मनप्रति धन्यवाद व्यक्त गरे ।

सन्तोष

Link copied successfully