फत्तेबाल आँखा अस्पतालका नेत्र सहायक मृत फेला

कोहलपुर निवासी २४ वर्षीय हेमन्त श्रेष्ठ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

मंसिर २६, २०८२

रूपा गहतराज

Ophthalmologist at Fatehbal Eye Hospital found dead

नेपालगञ्ज — फत्तेबाल आँखा अस्पताल नेपालगन्जका नेत्र सहायक हेमन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।

कोहलपुर निवासी २४ वर्षीय श्रेष्ठ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । उनी ओपीडी विभागमा ड्युटी गर्दै आएका थिए ।

बिहान ड्युटीमा नआएपछि साथीहरूले खोज्ने क्रममा आफ्नै क्वाटरमा मृत अवस्थामा फेला परेको अस्पतालका निर्देशक डा. कौशलकुमार वर्माले जानकारी दिए ।

त्यसपछि गएको प्रहरीको टोलीले ढोका फोडेर हेर्दा उनी पंखामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रूपा

Link copied successfully