जन्ती हिँडेका युवा मृत फेला

उनको शरीरमा घाउचोट नदेखिएका कारण के कारणले मृत्यु भएको हो भन्ने पोष्टमार्टम रिपोर्टबाट मात्र जानकारी हुने प्रहरीको भनाइ छ ।

मंसिर २५, २०८२

नारायण शर्मा

Youth found dead after walking to the festival

नवलपरासी — घरबाट जन्ती जान निस्केका कावासोतीका एक युवक चोरमारा सडकमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरीका अनुसार कावासोती वडा नम्बर ५ का जीतबहादुर उपाध्याय बिहीबार बिहान चोरमाराको उकालो (सडक)मा मृत फेला परेका हुन् ।

उनको शरीरमा घाउचोट नदेखिएका कारण के कारणले मृत्यु भएको हो भन्ने पोष्टमार्टम रिपोर्टबाट मात्र जानकारी हुने प्रहरीको भनाइ छ ।

उनको शव पोष्टमार्टमका लागि डण्डा अस्पतालमा राखिएको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully