रानासँगै पार्टी सभापति हिमालदत्त श्रेष्ठ, नेताहरु मीना पन्थी, नेता कृष्णप्रसाद बस्याल र महेश्वरी कुँवरको नाम पनि सिफारिस गरिएको क्षेत्रीय सभापति मुक्तिराम जीसीले बताए ।
पाल्पा — पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानासहित पाँच जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय कमिटीले सबैको नाम जिल्लामा सिफारिस गरेको हो । रानासँगै पार्टी सभापति हिमालदत्त श्रेष्ठ, नेताहरु मीना पन्थी, नेता कृष्णप्रसाद बस्याल र महेश्वरी कुँवरको नाम पनि सिफारिस गरिएको क्षेत्रीय सभापति मुक्तिराम जीसीले बताए ।
हरेक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नु पर्ने भए तापनि आकांक्षीको संख्या बढी भएकाले सर्वसम्मतिमै पाँच जनाको नाम सिफारिस गरिएको हो ।
पाल्पा २ प्रतिनिधिसभा समानुपातिकतर्फ कांग्रेसका पूर्वजिल्ला सभापति राजन पन्त, जिल्ला सचिव सुनिता अधिकारी, मुस्लिम नेता जमिला मियाँ, नेतृ बसन्ती घिमिरे उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । क्षेत्रीय समितिका पदाधिकारी, सदस्यहरुको सहभागितामा बैठक बसेको हो ।
२०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको उम्मेदवार थिएनन् । पाल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका थिए । कांग्रेसले गठबन्धन गरेको तत्कालीन एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका थिए ।
प्रतिनिधिसभा सदस्य पाल्पा १, मा प्रत्यक्षतर्फ युवा नेता सन्दीप रानाको नाम सर्वसम्मत भएको छ ।
