बहुविवाहकाे आरोपमा असई पुरी पक्राउ

यसअघि बहुविवाहको उजुरीका आधारमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल प्रहरी नियन्त्रणमै छन् ।

मंसिर २५, २०८२

घनश्याम गौतम

ASI Puri arrested on charges of polygamy

बुटवल — बहुविवाहको उजुरी परेपछि रूपन्देही प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) गीता पुरीलाई पनि पक्राउ गरेको छ ।

यसअघि बहुविवाहको उजुरीका आधारमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पनि प्रहरी नियन्त्रणमै छन् ।

पूर्वी नवलपरासीको नवलपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत डिएसपी नेपाल र बुटवल धागो कारखानास्थित प्रहरीको विशेष सुरक्षा गणमा कार्यरत प्रहरी सहायक निरिक्षकले दोस्रो विवाह गरेको भन्दै डीएसपी नेपालकी जेठी श्रीमती तारा नेपाल खनालले जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि प्रहरीले दुवै जनाको नाममा रूपन्देही जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएको सूचना पाएपछि डिएसपी नेपाल बुधबार र असई गिरी बिहीबार आफै प्रहरी कार्यालयमा पुगेका थिए । 

नेपाल र पुरीबिरुद्ध पक्राउ पुर्जी जारी भएपछि दुवै जना आफै प्रहरीको सम्पर्कमा आएको रूपन्देही प्रहरीले रूपन्देहीका प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीले बताए । दुवैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको उनले बताए । ‘बुधबार नेपाल आफै  नेपाल प्रहरीको सम्पर्कमा आउनु भयो भने पुरी बिहीबार आफै सम्पर्कमा आउनु भयो,’ उनले भने, ‘दुवै जना माथि थप छानबिन र अनुसन्धान जारी छ ।’ 

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully