लमहीमा होटल सञ्चालक मृत फेला

आफू सुत्ने कोठामा खनाल मृत फेला परेको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ

मंसिर २२, २०८२

दुर्गालाल केसी

Hotel owner found dead in Lamahi

दाङ — लमहीमा सोमबार विहान एक होटल व्यवसायी मृत फेला परेका छन् ।

लमहीस्थित राजमार्ग छेउमै रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

आफू सुत्ने कोठामा खनाल मृत फेला परेको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully