दाङको लमहीमा गोली चल्यो, एकजना घाइते

सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलेको प्रहरीले जनाएको छ।

मंसिर २०, २०८२

घनश्याम गौतम

Shots fired in Lamahi, Dang, one injured

बुटवल — दाङको लमहीमा गोली चलेको छ । 

लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलेको प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दीपक सुनार घाइते भएका छन्। अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ।

घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले बताए ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully