गुल्मीमा एक पुरुष मृत फेला

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मंसिर २०, २०८२

सन्तोष महतारा

A man was found dead in Gulmi.

गुल्मी — गुल्मीमा अन्दाजी ३५ वर्षका पुरुष मृत फेला परेका छन् । रेसुंगा नगरपालिका-४ स्थित पनाहा खोलामा शव फेला परेको तर पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

उनका अनुसार, शनिबार दिउँसो साढे १ बजे आसपासमा पनाहा खोलामा सेतो हरियो रङको चेक सर्ट, माथि नाइक लेखेको कालो ट्र्याक लगाएको र कालो पाइन्ट लगाएका पुरुष मृत फेला परेका थिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा टोली खटिएको थियो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सन्तोष

Link copied successfully