विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी चढेको बस पर्यटकीय क्षेत्र रानीमहल जाने क्रममा दुर्घटनामा परेको हो । 

मंसिर ५, २०८२

माधव अर्याल

Bus carrying students crashes, 11 injured

पाल्पा — विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी पर्यटकीय क्षेत्र रानीमहल जाने क्रममा दुर्घटनामा परेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ । उनीेहरुको अवस्था सामान्य छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully